माओवादीले झन्डै दुइ दर्जन गाडी जलाए
काठमाडौं,८ कार्तिक । भारतको छतीसगढमा माओवादीले सडक निर्माणमा प्रयोग भइरहेका २१ वटा गाडीमा आगजनी गर्नुका साथै ठाउँ ठाउँमा बिस्फोट गरेका छन् ।सयौंको संख्यामा गएका माओवादी कार्यकर्ताहरुले छत्तीसगढको बीजापुर जिल्लामा सडक निर्माण कार्यमा प्रयोग भइरहेका सवारीसाधनमाथि शनिबार साँझ आगजनी गरेका हुन् । आगजनीका कारण २१ वटै गाडी ध्वस्त भएको छ ।
सो जिल्लामा गत वर्षदेखि सडक निर्माण कार्य भइरहेकोमा माओवादीले उक्त कार्य रोक्न बारम्बार चेतावनी दिंदै आएको थियो । शनिबार बिहानै स्थानीय प्रहरीले ८ माओवादी नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेको थियो । गिरफ्तार गरिएकामध्ये दुई जना मोस्ट वान्टेड सूचीमा रहेका नेतासमेत छन् । उनीहरुको बारे सूचना दिने व्यक्तिलाई पाँच लाख पुरस्कार दिइने घोषणासमेत गरिएको थियो । – एजेन्सी