सुन तोलामा २ सय रुपैयाँ सस्तियो
काठमाडौं, ८ कार्तिक । आज बजारमा सुन तोलाको २ सय रुपैयाँ घटेर कारोबार भइरहेको छ । कार्तिक २ गते ५१ हजार २ सय रुपैयाँमा कारोबार भएको प्रतितोला सुन आज ५१ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलको ५० हजार ७ सय ५० रुपैयाँ कामय भएको छ ।
यसैगरी चाँदी मुल्य पनि दसैं बिदापछि रुपैयाँले घटेको छ । कार्तिक २ गते तोलाको ७ सय २० रुपैयाँमा किनबेच भएको चाँदी आइतबार ७ सय १५ रुपैयाँका कारोबार भइरहेको महसंघले जनाएको छ ।