दशैं सकियो , आज कोजाग्रत पूर्णिमा

२०७२ कार्तिक ९ गते, सोमबार

काठमाडौ, ९ कात्तिक । आज कोजाग्रत पूर्णिमा अर्थात बडा दसैँको अन्तिम दिन महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेर समापन गरिँदैछ । आजको दिन राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमणमा हिँडेकी महालक्ष्मी प्रवेश गरी ऐश्वर्य दिलाई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ ।
माता दुर्गाका तीन रूपमध्येका एक रूप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । दसैँ र नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।
आज बेलुकी ८ बजेर १३ मिनेटसम्म चतुर्दशी तदुपरान्त पूर्णिमा लागे पनि पूर्णिमा व्रत भने मध्यरात मङ्गबार बिहानदेखि बस्नुपर्ने र सोमबार मध्यराति नै कोजाग्रत मनाउनुपर्ने पञ्चाङ्गमा उल्लेख छ । आकाशदीप दान र कात्तिक स्नान पनि भोलिदेखि नै शुरु हुनेछ ।

प्रतिक्रियाहरु

[anycomment]