रुसी सहयोग चाहिदैन : सिरियाली विद्रोही

२०७२ कार्तिक ९ गते, सोमबार

काठमाडौ, ९ कात्तिक । सिरियामा सक्रिय विद्रोही समूहले रुसको सहयोग अस्वीकार गरेको छ । सिरियाली विद्रोही समूह ‘फ्रि सिरियन आर्मी’ ले आफूलाई रुसको सहयोग आवश्यक नभएको प्रष्ट पारेको छ । बीबीसीका अनुसार सो समूहका प्रवक्ताले भनेका छन्, ‘रुसमाथि विश्वास गर्न सकिदैंन, हामीलाई रुसको सहयोग आवश्यक पनि छैन ।’ ‘फ्रि सिरियन आर्मी’लाई अमेरिकासहित अन्य पश्चिमी देशको समर्थन प्राप्त छ । सो समूहले सिरियाली राष्ट्रपति बसर अल असदको सेनाविरुद्ध युद्ध गर्दै आएको छ । जबकी रुसले विद्रोहीविरुद्ध लड्न राष्ट्रपति असदको मद्दत गर्दै आएको छ । फ्रि सिरियन आर्मीका अनुसार रुस त्यस्तो व्यक्तिको मद्दत गरिरहेको छ जसले आफ्नै नागरिकको हत्या गरिरहेको छ ।
यसअघि रुसी विदेशमन्त्री सर्गेई लाभरोभले रुस फ्रि सिरियन आर्मीलाई उग्रवादी समूह इस्लामिक स्टेटविरुद्धको युद्धमा सहयोग गर्न तयार रहेको बताएका थिए । तर यसका लागि सिरियाली विद्रोहीको वास्तविक अवस्थाका बारेमा अमेरिकाले आफूलाई जानकारी गराउनुपर्ने रुसको शर्त थियो ।

प्रतिक्रियाहरु

[anycomment]