अनुहारको चाउरी हेरौ रोग पत्ता लगाऔ
काठमाडाँै । अनुहारमा आउने चाउरीपनले उमेर ढल्किँदै गएको संकेत गर्छ, यसमा कुनै शंका छैन । तर उमेर छँदै अर्थात जवानीमै अनुहार चाउरी पर्नु भने अस्वभाविक हो र यसका अन्य केही कारण हुनसक्छन् । बदलिँदो जिवनशैलीले मानिसलाई छिटै बुढो बनाउँदै लगेको छ । हृदयाघात, मधुमेह, रक्तचाप जस्ता अनेक रोगहरूले जुनसुकै उमेरका मानिसलाई पनि दुख दिने गरेको पाइएको छ ।
त्यसैले यी गम्भीर रोगहरूबाट बच्नको लागि ऐनामा आफ्नो अनुहार नियमित रूपमा हेर्नुहोस् अनि अनुहारमा जवानीमै चाउरी परेको छ भने गम्भीर हुनुहोस् । किनकि यो तपाईंको सुन्दरताको लागि मात्र चुनौति होइन यावत गम्भीर रोगको लक्षण पनि हुनसक्छ । अनुहारको कुन भागमा चाउरी पर्नुको लक्षण के हुनसक्छ ? जानिराख्नुस् ।
उमेर बढेसँगै निधारमा चाउरी पर्नु सामान्य हो । तर उमेर छँदै निधारमा चाउरी पर्नु भनेको सरीरमा बोसो बढ्नु तथा सुगर बढ्नुको लक्षण हुनसक्छ ।
परेलामा चाउरी पर्नु पनि खतराको लक्षण हो । दायाँ परेलामा चाउरी पर्नु भनेको कलेजो खराब भएको लक्षण हुनसक्छ भने बायाँ परेलाको चाउरीले पित्तथैली कमजोर बनेको संकेत गर्दछ ।
आँखाको ठीक मुनिपट्टि चाउरी पर्नु भनेको रगतमा कोलेस्ट्रोल बढेको संकेत हो । त्यसैले यस्तो लक्षण देखिएमा तुरुन्तै भोजनमा उच्च कोलेस्ट्रोलयुक्त खानेकुरा समावेश गर्न तुरुन्त बन्द गर्नुहोस् ।
हाँस्दाखेरी अनुहारमा निकै धेरै मुजाहरू पर्दछ भने एकपटक सुगरसँगै पेटसम्बन्धी रोगको जाँच गरिहाल्नुस् ।
गालामा अत्यधिक चाउरीहरू देखिएको छ भने यो पाचन सम्बन्धी समस्याको लक्षण हुनसक्छ ।
ओठको किनारामा चाउरी पर्नु कमजोर प्रजनन क्षमता तथा शारीरिक दुर्वलताको लक्षण हो ।
नाक तथा नाक र आँखिभौँको बीचमा चाउरी पर्नु एलर्जीको संकेत हुनसक्छ ।
कुरा गर्दा वा हाँस्दा माथिल्लो ओँठमा चाउरी पर्नु भनेको धुम्रपान तथा मध्यपानले असर पूराएको भनि बुझ्नुपर्छ ।
आँखाको किनारामा मुजा तथा चाउरी पर्नु भनेको कमजोरीको लक्षण हो । त्यसैले सन्तुलित तथा पौष्टिक भोजन गर्नुहोस् ।
निधारमा नसाहरू प्रष्ट देखिनु भनेको उच्च रक्तचापको लक्षण हो ।