सुँघेर रोग पत्ता लगाउन सक्ने महिला

काठमाडौं । अस्ट्रेलियाको पर्थकी एक महिलामा सुँघेर रोग भए नभएको पत्ता लगाउन सक्ने अनौठो क्षमता छ । पर्थकी महिला जोय मेल्नले सुँघेर कुनैपनि मासिनमा पार्किनसन्स रोग रहे नरहेको पत्ता लगाउन सक्छिन् । उनका श्रीमान लेसको गएको जुन महिनामा पार्किनसन्स रोगका कारण ६५ वर्षको उमेरमा निधन भएको थियो । जोयका श्रीमान लेसलाई ४५ वर्षको हुँदादेखि पार्किनसन्स रोग लागेको थियो । पार्किनसन्स रोगका कारण मासिनको सेन्ट्रल नर्भस सिस्टममा समस्या पुग्छ । यसले गर्दा व्यक्तिलाई हिँडडुल गर्न, बोल्न तथा सुत्न समस्या हुने गर्दछ । यो रोग लागे नलागेको पत्ता लगाउने तरिका तथा निश्चित उपचार विधि अहिलेसम्म पत्ता लागेको छैन । पर्थकी महिला जोयमा सुँघेरै पार्किनसन्स रोग भए नभएको पत्ता लगाउन सक्ने क्षमता रहेको र यसले रोगको पहिचानमा सहयोग पुग्ने डाक्टरहरूले बताएका छन् ।
जोयले श्रीमान लेसमा पार्किनसन्स रोग रहेको पत्ता लाग्नु भन्दा ६ वर्ष पहिले नै केही परिवर्तन महसुस गरेकी थिइन् । उनले भनिन ‘लेसको शरीरबाट आउने गन्ध बिस्तारै फेरिँदै गएको थियो । उनको शरीरबाट कस्तुरीको जस्तो गन्ध आउने गरेको थियो ।’ जोयले पार्किनसन्स युके नामक परोपकारी संस्थामा काम गर्दै गर्दा लेसको शरीरबाट आएको गन्धका बारेमा थाहा पाइन । त्यसपछि उनले एक वैज्ञानिकसँग यस बारेमा कुरा गरिन ।
एडिनबर्ग विश्वविद्यालयले जोयको सुँघ्ने क्षमताको परीक्षण ग¥यो । जसमा उनले भनेको सहि सावित भयो । विश्वविद्यालयको स्कुल अफ बायोलोजिकल साइन्सेजमा पार्किनसन्स युकेसँग मिलेर काम गर्ने डा. टाइलो कुनथलाई जोयले आफ्नो सुँघ्ने क्षमताका बारेमा बताएकी थिइन् । डा. कुनथले भन्नुभयो ‘हामीले पाहिलो पटक ६ जना पार्किनसन्सका रोगी तथा ६ जना स्वस्थ मानिसलाई लिएर जोयको परीक्षण ग¥यौं ।’ उहाँले भन्नुभयो ‘हामीले ती मानिसलाई एक दिनभर लगाउनका लागि टि–शर्ट दियौं । त्यसपछि टि–शर्ट फिर्ता लिएर सांकेतिक भाषामा निशाना लगाएर प्याक गरियो । अब जोयले ती टि–शर्ट सुँघेर कसलाई पार्किनसन्स लागेको छ र कसलाई छैन भनेर पत्ता लगाउनु पर्ने थियो । त्यसमा जोय १२ मध्ये ११ जनाको विषयमा सहि बताइन ।’
डा. कुनथका अनुसार जोयले पार्किनसन्स रोग लागेका ६ जनाको पहिचान गरेकी थिइन भने स्वस्थ मध्येका एक जनामा पनि पार्किनसन्स रहेको बताएका थिइन् । पार्किनसन्सले रोगी भनेका ती व्यक्तिमा परीक्षण गरिएका बेला पार्किनसन्स रोग नलागेको भएपनि त्यसको ८ महिना पछि ती व्यक्ति पनि पार्किनसन्सबाट पीडित भएको पुष्टि भएको थियो ।
वैज्ञानिकहरूका अनुसार पार्किनसन्सको सुरुवातमा व्यक्तिको छालामा केही परिवर्तन आउँछ । जसको सम्बन्ध एक विशेष प्रकारको गन्धसँग रहन्छ । जोयको क्षमताबाट पार्किनसन्स लागेका व्यक्तिमा हुने खास गन्धको कारक अणुको बारेमा पत्ता लगाउन सकिने वैज्ञानिकको आशा छ ।
यसपछि व्यक्तिको निधारको पसिनाको परीक्षणबाटै व्यक्तिमा पार्किनसन्स रोग रहे नरहेको पत्ता लगाउन सकिने वैज्ञानिकले बताएका छन् । बेलायतमा हरेक पाँच सय मध्ये एक जनामा पार्किनसन्स रोग छ । अहिले बेलायत भरमा एक लाख २७ हजार जना पार्किनसन्स रोगी छन् । – एजेन्सी