गुरुङ सांस्कृतिक संग्रहालय संकटमा

२०७२ कार्तिक १४ गते, शनिबार

काठमाडौँ । ताप्लेजुङ सदरमुकाममा रहेका गुरुङ समुदायका महिलाहरूले पर्यटन प्रवद्र्धनलाई टेवा पु¥याउने उद्देश्यले स्थापना गरेको गुरुङ सांस्कृतिक संग्रहालय आर्थिक अभावका कारण व्यवस्थित हुन सकेको छैन । कार्यालय व्यवस्थापन र कर्मचारी खर्च जुटाउन नसक्दा संग्रहालय संकटमा परेको छ । स्थानीय महिलाहरूले विभिन्न निकायबाट सहयोग जुटाई करिब १० लाख रूपयाँको सहयोगमा २०६२ सालमा संग्रहालय स्थापना गरेका थिए ।
संग्रहालयमा गुरुङ समुदायले प्रयोग गर्ने ऐतिहासिक ढिकी, जाँतो, चौंठो, हर्पे, जरु, चुङगे, घुम लगायत गुरुङ संस्कृति झल्कने पुराना सामाग्रीहरू राखिएको छ । जिल्लाको पर्यटन प्रवद्र्धनलाई थप टेवा पु¥याउन र पुरानो साँस्कृतिक सामग्रीको संरक्षण गर्ने उद्देश्यले संग्रहालय निर्माण गरिए पनि आर्थिक अभावकै कारण संग्रहालयको व्यवस्थापन गर्न नसकिएको व्यवस्थापन पक्षले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु