विमान दुर्घटनाग्रस्त, अवशेष फेला पर्‍यो

२०७२ कार्तिक १४ गते, शनिबार

काठमाडौं, १४ कार्तिक । रसियन एअरलाइन्स ‘कोगालिमाविया’को ‘ए–३२१’ एअरबस विमान शनिबार इजिप्टको मध्य सिनाइमा दुर्घटना भएको छ । २ सय १७ यात्रु सवार विमान दुर्घटनाग्रस्त भएको इजिप्टका प्रधानमन्त्री शरिफ इस्माइलले पुष्टि गरेका छन् ।
इजिप्टको शर्म–अल–शेख सहरबाट रुसको पिटसवर्गका लागि उडेको विमानमा चालक दलका ७ सदस्यसहित २२४ जना सवार रहेको जनाइएको छ । विमानमा अधिकांश रुसी पर्यटकहरु सवार रहेको बताइएको छ ।
इजिप्टका सन्चारमाध्यमहरुले दुर्घटनाग्रस्त विमानको अवशेष फेला परेको र २० भन्दा बढी एम्बुलेन्सहरुलाई दुर्घटनास्थलमा परिचालन गरिएको जनाएका छन् । रुसी अधिकारीहरुले विमानले उडान भरेको २३ मिनेटमा साइप्रस एअर ट्राफिक कन्ट्रोलसँग सम्पर्कविच्छेद भएको र ‘राडार’बाट पनि सम्पर्कविहीन भएको जनाएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]