बिहीबारदेखि लट अनुसार पेट्रोल दिइने

२०७२ कार्तिक १७ गते, मंगलवार

काठमाडौ, १७ कात्तिक । नेपाल आयल निगमले काठमाडौं उपत्यकामा बिहीबार, शुक्रबार र शनिबार निजी सवारीसाधनलाई पेट्रोल वितरण गर्ने भएको छ ।
भारतबाट आएको न्यून परिमाण र चीनले अनुदानमा दिएको पेट्रोलसमेत गरेर बिहिबारदेखि तीन दिनसम्म निजी सवारीसाधनको लट अनुसार पेट्रोल दिइने निगमका निर्देशक मुकुन्द घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार दैनिक ५० वटा पेट्रोल पम्पबाट दैनिक तीन लाख लिटरका दरले पेट्रोल वितरण गरिनेछ । निगमका अनुसार ‘बिहीबार १ देखि ३० लटसम्मका मोटरसाइकल र १ देखि ५ लटसम्म कार, जिप, भ्यानलाई पेट्रोल दिइनेछ भने शुक्रबार ३१–५० लटसम्मका मोटरसाइकल र ६–९ लटसम्मका कारलाई इन्धन वितरण गरिनेछ ।
त्यस्तै शनिबार ५० लटमाथिका मोटरसाइकल र १० लटदेखिका कार, जिप, भ्यानलाई पेट्रोल दिइनेछ । मोटरसाइकललाई पाँच लिटर र कार, जिप, भ्यानलाई १० लिटर पाउनेछन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सहिद मित्रमणी आचार्यको शालिक अनावरण

२०८२ बैशाख १९ गते, शुक्रबार

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

२०८२ बैशाख १८ गते, बिहीबार

शुक्रबारसम्म पानी पर्ने सम्भावना

२०८२ बैशाख १८ गते, बिहीबार