निर्माणाधीन भवन भत्किँदा कम्तिमा १८ को मृत्यु

२०७२ कार्तिक १९ गते, बिहीबार

काठमाडौं, १९ कार्तिक । पाकिस्तानको लाहोरमा निर्माणाधीन भवन भत्किँदा कम्तिमा १८ जनाको मृत्यु भएको छ । एक कारखानाको निर्माणाधीन भवन भत्किँदा अन्य १ सय ५० जना श्रमिक पुरिएको आशंका गरिएको छ । पुरिएकाहरुको खोजी र उद्दार जारी छ । भत्किएको भवनभित्र मानिसहरु कराइरहेको आवाज सुनिएको अधिकारीहरुले बताएका छन् । भवन भत्किएको स्थानमा पुरिएका ४५ जनाको उद्दार गरिएको छ । उनीहरुको उपचार भइरहेको छ ।
भग्नावशेषमा पुरिएकाहरुको उद्दारका लागि पाकिस्तानी सेनाले इन्जिनियर र विशेषज्ञहरुको टोली खटाएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]