बंगलादेशमा ६ जनालाई फाँसी
काठमाडौं, २३ कात्तिक । बंगलादेशमा १३ बर्षिय एक बालकको हत्यामा संलग्न ६ जनालाई फाँसीको सजायँ दिइएको छ । बंगलादेशको सिल्हट जिल्लामा ती बालकलाई कुटपीट गरी हत्या गरेको अभियोगमा पक्राउ परेकालाई बंगलादेशको उच्च अदालतले फाँसीको सजायँ दिएको हो । रिक्सा चोरेको आरोपमा बालकलाई कुटपीट गरेको दृष्य सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएपछि अभियुक्तहरुलाई फाँसीको सजायँको माग गर्दै बंगलादेशभर बिरोध प्रदर्शन भएको थियो । – एजेन्सी