जापानमा ७ म्याग्निच्यूडको भूकम्प, सुनामीेको चेतावनी

२०७२ कार्तिक २८ गते, शनिबार

काठमाडौं,२८ कार्तिक । जापानको मौसम विज्ञान विभागले ७ म्याग्न्च्यिूडको भूकम्प गएपछि सुनामिको चेतावनी दिएको छ । जापानमा शनिबार बिहान ६ बजेको समयमा दक्षिण पश्चिम सामुन्द्रिक तट भएर भूकम्प गएको बिबिसीले जनाएको छ ।
भूकम्पले कुनै मानविय क्षती भने नभएको बताइएको छ । कागोशिमा तथा नाकानोशिमा द्वीपमा एक फिटको सुनामी रेकर्ड भएको विज्ञान विभागले जनाएको छ । सन् २०११ मा शक्तिशाली भूकम्प गएपछि आएको सुनामीमा १८ हजार भन्दा बढी जापानी नागरिकको ज्यान गएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]