अत्यावश्यक बाहेक अन्य गाडीले इन्धन नपाउने

२०७२ कार्तिक २८ गते, शनिबार

काठमाडौं, २८ कार्तिक । नेपाल आयल निगमले अत्यावश्यक बाहेक अन्य गाडीले इन्धन नपाउने जनाएको छ । अहिले विभिन्न नाकाबाट नेपाल भित्रिएका इन्धन काठमाडौं ल्याउने तयारी भैरहेकाले त्यो इन्धन काठमाडौं नआइपुगेसम्म अरु गाडीलाई इन्धन उपलब्ध गराउन नसकिने निगमले जनाएको छ ।
वीरगंज नाका बाहेक अरु नाकाबाट थोरै परिमाणमा भएपनि इन्धन आपूर्ति भैरहेकाले त्यसलाई काठमाडौं ल्याएर वितरण गर्ने तयारी भइरहेको निगमका प्रवक्ता मुकुन्द घिमिलेले जानकारी दिए । चीनले अनुदानमा दिएको पेट्रोल भने नेपाल ल्याउने काम भैरहेको छ । अब थोरै मात्र पेट्रोल ल्याउन बाँकी भएकाले यसको वितरणबारे आइतबार छलफल हुने निगमका प्रवक्ता घिमिरेले बताए ।

प्रतिक्रियाहरु

[anycomment]