देशभर चिसो बढ्यो

२०७२ कार्तिक ३० गते, सोमबार

काठमाडौ, ३० कात्तिक । काठमाडौ उपत्यकासहित देशभरका केही ठाउँमा आजवाट चिसो बढेको छ ।आज बिहानैदेखि हुस्सु देखिएकाले तापक्रम केही घटेको छ भने काठमाडौ उपत्यकामा बिहानैदेखि कुहिरो लागेको छ । मौसमविद् मिनप्रसाद अर्यालले मौसम बदली नभएको तर कुहिरो लागेकाले तापक्रम घटेको बताए । सबैभन्दा धेरै हिमाली क्षेत्रमा तापक्रम माइनसम ापुगेको छ । काठमाडौमा अहिले १३ डिग्री रहेको छ । डडेल्धुरा र जुम्लाको तापक्रम माइनस माझरेको छ ।
यसैबीच, काठमाडौं उपत्यकामा बिहानैदेखि कुहिरो लागेको कारण भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित भएको छ । मौसमविद् मिनप्रसाद अर्यालका अनुसार अहिले सापेक्षिक आद्रता अर्थात हावामा पानीको मात्रा ९८ प्रतिशत छ । हावामा पानीको मात्रा बढी भएको बेलामा कुहिरो लाग्ने उहाँले बताउनुभयो । सापेक्षिक आद्रता ९० प्रतिशत भन्दा माथि पुगेपछि कुहिरो लाग्ने उनले बताए । हवाई उडानका लागि ३ हजार मिटर भन्दा माथिको भिजिबिलिटी आवश्यक पर्नेमा अहिलेको भिजिबिलिटी १५ सय देखि २ हजार मिटरमा झरेको छ ।
बिहान ९ बजेपछि भिजिबिलिटीमा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै सोमबार देशको पूर्वी क्षेत्रको मौसम सामान्य बदली भएको छ भने पहाडी भेगमा बादल लागेको महाशाखाले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सहिद मित्रमणी आचार्यको शालिक अनावरण

२०८२ बैशाख १९ गते, शुक्रबार

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

२०८२ बैशाख १८ गते, बिहीबार

शुक्रबारसम्म पानी पर्ने सम्भावना

२०८२ बैशाख १८ गते, बिहीबार