युएसएआइडीको अनुदानमा एन्ट्यागद्वारा ब्रह्मलुट
काठमाडौँ । युसएसएआइडीअन्तर्गको सुआहारा आयोजनामार्फ् बालबालिकाको स्वास्थ्य र पोषण सम्बन्धमा काम गर्दै आएको नेपाली प्राविधिक सहयोग समूह (एन्ट्याग) ले अनुदान रकमको सही सदुपयोग नगरी ब्रह्मलुट मच्चाएको सम्बद्ध स्रोतले बताएको छ । नेपालभर करिब ४० जिल्लामा बालबालिकाको स्वास्थ्य र पोषणसम्बधी कार्य गर्दै आएको एन्ट्यागले तोकिएको क्षेत्रमा काम नगरी फर्जी बिल र भर्पाई गरी लाखौँ रुपैयाँ अपचलन गर्दै आएको सम्बद्ध कर्मारीहरुको दाबी । एन्ट्यागले गरेको भ्रष्टाचारको विषयमा दर्जनौँ पत्रपत्रिका र अनलाइनमा समाचारहरु प्रकाशन भए पनि हालसम्म कुनै पनि निकायले ठोस रुपमा ानबिन नथालेकोमा एन्ट्याग सम्बद्ध कर्मचारीले गुनासो गरेका छन् । एन्ट्यागमा कर्मचारीका अनुसार एन्टागको भ्रष्टाचारमा स्वास्थ्य मन्त्रालय, बाल स्वास्थ्य महाशाखा र युएसएआइडीलगायत सुआहारा आयोजनाका कर्मचारीसमेत संलग्न रहेका छन् । यहाँ सेटिङ मिलाएर भ्रष्टाचार भएको छ, त्यस कारण यहाँ उजुरी गरे पनि हालसम्म कुनै निकायले सुनुवाई गरेको छैन । यसै विषयमा जोड्दै एन्ट्यागका अर्का कर्मचारी नाम उल्लेख नगरिदिन भन्दै अगाडि भन्छन्– यहाँको भ्रष्टाचारको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, जिल्ला प्रशासन कार्यालय, काठमाडौँ, प्रधानमन्त्री कार्यालयलगायत दर्जनौँ निकायमा उजुरी दर्ता गराइसक्यौँ तर हालसम्म कुनै निकायले ठोस रुपमा छानबिन थालेको ैन । एन्ट्यागका कार्यक्रम निर्देशक दीपक थापा र बोर्ड सदस्य मोहन पन्थीले सबै ठाउँमा सेटिङ मिलाएर राखेका छन् । धन देखेप िमहादेको तीननेत्र भनेजस्तो उनीहरुले छानबिन गर्ने निकाय नै आफ्नो कब्जामा पारिसकेको जस्तो देखिन्छ ।
एन्ट्यागमा भ्रष्टाचार भएको विषय सार्वजनिक भएप िसो सम्बन्धमा यथार्थता बुझ्न आएका पत्रकारलाई कार्यक्रम निर्देशक दीपक थापा, बोर्ड सदस्य मोहन पन्थीलगायतले मिलेर दुव्र्यवहार गरी कार्यालयबाट लखेटे सो विषयमा पत्रकार महासंले समेत कार्यक्रम निर्देशक दीपक थापा र बोर्ड सदस्य मोहन पन्थीलगायतका पदाधिकारीलाई तत्काल कारवाही गर्न प्रेस विज्ञप्ति निकाल्यो तर त्यो पनि बेकम्मा सावित भयो ।
त्यसैगरी, यस कार्यालयमा यथार्थता बुझ्न आएका पत्रकार बालकृष्ण भट्टलगायतका टोलीलाई सूचना नदिई दुव्र्यवहार गरी पठाएपछि उनले राष्ट्रिय सूचना आयोगमा उजुरी गरेको र राष्ट्रिय सूचना आयोगले गत असोज १४ गते सात दिनभित्र सूचना उपलब्ध गराउन कार्यक्रम निर्देशक दीपक थापा र बार्ड सदस्य मोहन पन्थीलाई पत्र काट्यो तर उनीहरुले अहिलेसम्म सूचना उपलब्ध नगराई सूचना आयोगको पत्र रद्दीको टोकरीमा मिल्काइदिएका छन् भन्दै उनी यो देशमा भ्रष्टहरुकै राज हुने रहेछ भन्दै दुःखेसो पोख्छन् ।
राष्ट्रिय सूचना आयोगमार्फत् सूचना माग्ने पत्रकार बालकृष्ण भट्टको पनि हालसम्म एन्ट्यागले आपूmलाई सूचना उपलब्ध नगराएको बताए । उनले आपूmले सूचना नपाएपछि पुनः राष्ट्रिय सूचना आयोगको ढोका ढकढक्याउने बताए ।