बस दुर्घटनामा दुुईजनाको मृत्यु

२०७२ मंसिर ११ गते, शुक्रबार

काठमाडौ , ११ मंसिर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत भारदहमा सुरक्षा दिँदै लगिएको एउटा बस आज बिहान अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ । सिन्धुलीबाट काँकरभिट्टाका लागि छुटेको ना५प १६६४ नम्बरको बस भारदह–१ स्थित कङ्कालनी मन्दिर नजिकको सडकमा दुर्घटना हुँदा करिब २५ जना घाइते भएका छन् । मृत्यु हुनेमा धनुषा, तुलसीपुर–४ की नौ वर्षीया निर्जला बस्नेत र अर्का एक ठेगाना नखुलेका जीवन अधिकारी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक मेघराज अधिकारीले बताए । घाइतेलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान र विराटनगरको न्युरो अस्पताल पठाइएको छ । – रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु