आइएसविरुद्ध हवाई हमला गरौ : क्यामरुन

२०७२ मंसिर ११ गते, शुक्रबार

काठमाडौं, ११ मंसिर । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले विद्रोही समूह ‘इस्लामिक स्टेट’ (आइएस)विरुद्ध हवाई आक्रमण गर्न प्रस्ताव गरेका छन् ।
बेलायती संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री क्यामरुनले आइएसविरुद्ध अरु देशले संघर्ष गरिरहँदा आफ्नो देश चुप लागेर बस्न नहुने बताए । उनले सिरियामा रहेका आइएसविरुद्ध हवाई आक्रमण गर्दा नै बेलायत सुरक्षित हुने दाबी पनि गरे ।
फ्रान्सको पेरिसमा १३० जनाको मृत्यु हुने गरी भएको आक्रमणपछि बेलायत चुप लागेर बसे साझेदार राष्ट्रहरुबाट प्रश्न उठ्ने भन्दै उनले हवाई हमला अपरिहार्य भएको बताए । तर विपक्षी लेबर पार्टीका नेता जेरमी कार्बिनले भने हवाई हमला गर्दैमा विद्रोहीतर्फबाट हुने खतरा कम नहुने बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]