लुम्बिनी एक्स्पो पुस ८ देखि

२०७२ मंसिर १२ गते, शनिबार

काठमाडौँ । रुपन्देही व्यापारसँगको आयोजनामा हुने लुम्बिनी एक्स्पो २०७२ आउँदो पुस ८ देखि २१ गतेसम्म बुटवल मण्डप बुटवलमा हुने भएको छ । एक्स्पोको तयारीका लागि आयोजकले विभिन्न पक्षहरुसँग निरन्तर छलफल र अन्तरक्रिया गरिरहेको बताएका छन् । एक्स्पोको तयारी अघि बढाउने संघले आफ्नो सचिवालय एक्स्पो हुने स्थानमा सारेको छ । स्टल बुकिङ्ग खुल्ला गरिसकेको मेलाका संयोजक तथा सङ्घका अध्यक्ष श्रीकृष्ण पोख्रेलले बताए । मेलामा करिब २० वटा अन्तर्राष्ट्रियस्तरका स्टलसहित छ सय स्टल रहने मेला उनले जानकारी दिए । रुपन्देही जिल्लालाई केन्द्रित गरी गरिने मेलाले यस क्षेत्रको आर्थिक गतिविधि चलायमान गराउने विश्वाससँगले लिएको छ । मेला स्थलमा रङ्गरोगन, सरसफाई लगायत विभिन्न उपसमितिका कामलाई तीव्रताका साथ अगाडि बढाएको आयोजकले जनाएका छन् । सचिवालयमा स्टल बुकिङ्ग, पत्राचार, उपसमितिको बैठकलगायतका गतिविधिले गर्दा चहलपहल बढेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु