मोदीले नेपालसँगको युगौंदेखिको सम्बन्ध बिगारेः लालु
काठमाडौं, १५ मंसिर । भारतका पूर्वमन्त्री तथा राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको युगौंदेखिको सम्बन्ध बिगारेको बताएका छन् । सोमबार साँझ ट्वीट गर्दै भारतीय पूर्वमन्त्री यादवले अब नेपालमा चीन घुस्दै गएको तर मोदी विश्वभ्रमणमा रहेको बताएका हुन । भारतीय राजनीतिमा सधैं सक्रिय रहेका उनले प्रधानमन्त्री मोदीको आलोचना गरेका हुन ।
भारतीय प्रधानमन्त्रीले नेपालसँगको सम्बन्ध त बिगारे भने अरु देशसँगको के स्थिति होला ? भन्दै प्रश्नसमेत गरेका छन् । भारतले नेपालमाथि गरेको नाकाबन्दीको भारतभित्रै कडा विरोध हुँदै आएको छ ।