मुस्ताङमा हिउँँचितुवा आतङ्क

२०७२ मंसिर १७ गते, बिहीबार

काठमाडौ, १७ मंसिर । उपल्लो मुस्ताङका किसानले हिउँँचितुवाको आतङ्क बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न माग गरेका छन् । गत असोजमा बथानै आएको हिउँँचितुवाको समूहले चराङ र कागबेनीमा गरी ११० वटाभन्दा बढी च्याङ्ग्रा मारिदिएपछि उनीहरुले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र जिल्ला पशुसेवा कार्यालयमा क्षतिपूर्तिसहित हिउँँचितुवा नियन्त्रणको माग गरेका हुन् ।
पछिल्लो समय विभिन्न बस्तीमा देखिन थालेको र त्यसले आतङ्क सिर्जना गर्न थालेको भन्दै नियन्त्रण गर्नुपर्ने पीडित किसानको माग छ । जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक दयाराम चापागार्इंले हिउँँचितुवाबाट स्थानीय किसान निकै समस्यामा पर्ने गरेको भन्दै चरन क्षेत्रदेखि गोठसम्म नै किसान तनावमा रहेको बताए । ‘क्षतिपूर्तिका लागि हामीले मन्त्रालयमा सिफारिस गर्ने हो, हामीकहाँ आपत्कालीन कोष हुँदैन,’ उनले भने, ‘हिउँचितुवा नियन्त्रणका लागि भने एक्यापसँग सहकार्य गरिनुपर्छ ।’ एक्यापले लोपोन्मुख हिउँचितुवाको संरक्षणका लागि भन्दै चारवर्षदेखि जिल्लामा हरियाली वन कार्यक्रम सञ्चालन गरिरहेको छ ।
कार्यक्रम लागू भएपछि त्यसको सङ्ख्या बढ्दै गएको अनुमान गरिएको छ । एक्याप लोमान्थाङका प्रमुख सन्तोष शेरचनले हिउँँचितुवाका लागि जङ्गलमा आहारको कमी हुँदै गएपछि मानव बस्तीतिर आउने बताए । ‘जङ्गलमा नाउरको सङ्ख्या कमी हुँदै गएको छ, हिउँचितुवाको सङ्ख्या बढेको छ,’ उनले भने, ‘यसबाट बच्ने उपायहरु अपनाउनुपर्छ ।’ – रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु