स्वरसम्राट नारायण गोपालको २५औं स्मृति दिवस मनाइदै

२०७२ मंसिर १९ गते, शनिबार

काठमाण्डौ, १९ मंसिर । आज स्वरसम्राट नारायण गोपालको २५औं स्मृति दिवस, दिवसका अबसरमा विभिन्न कार्यक्रम गरी मनाईंदैछ । वि सं १९९६ सालमा काठमाडौंको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ साल मंसिर १९ गतेका दिन निधन भएको थियो । विक्रम सम्वत् २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गरेका नारायण गोपालले एक सय ३६ भन्दा धेरै गीत गाएका थिए ।
उनले गाएका म त लाली गुराँस भएछु, एउटा मान्छेको मायाले कति, लौ सुन म भन्छु मेरो राम कहानी लगायतका गीत अहिले पनि उतिनै रुचाइएका छन् ।
उनको सम्झनामा नारायण गोपाल संगीत कोषले बिहान ११ बजे उहाँको निवास महाराजगञ्जको मिलिजुली टोलमा विशेष कार्यक्रम गर्दैछ । यस्तै दिउँसो १ बजे महाराजगञ्ज चोक र दिउँसो ३ बजे महाराजगञ्जकै आस्था कला केन्द्रमा विशेष कार्यक्रम हुँदैछ ।
यसैबिच नारायण गोपाल संगीत कोषले हरेक वर्ष प्रदान गर्दै आएको स्वरसम्राट नारायण गोपाल स्मृति पुरस्कारबाट गायक हरिप्रसाद रिमाल र संगीतकार शम्भुजित बाँस्कोटा सम्मानित हुने बताइएको छ । दुवै जनालाई २५,२५ हजार नगदसहित सम्मान गरिने कोषले जनाएको छ । विसं २०४९ सालदेखि दिन थालिएको पुरस्कारबाट पहिलो पटक लोक गायक झलकमान गन्र्धव सम्मानितभएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु