कन्धहार विमानस्थलमा तालिवानको आक्रमण

२०७२ मंसिर २३ गते, बुधबार

काठमाडौं, २३ मंसिर । अफगानिस्तानको कन्धहार विमानस्थलमा तालिवानले आक्रमण गर्दा नौं जनाको मृत्यु भएको छ । मारिनेमा सेनासहित सर्वसाधारणसमेत रहेका छन् । कन्धहार विमानस्थलको पहिलो गेटबाट तालिवानी हतियारसहित छिरेको अनुसन्धानबाट खुलेको छ । उनीहरुले विमानस्थल नजिक रहेको एक विद्यालयबाट गोलाबारी गरेका थिए । घटना लगत्तै विमानस्थल बन्द गर्नुका साथै सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । गत बर्ष आफगानिस्तानबाट अमेरिकी र नेटो सैनिक फिर्ता भएसँगै आतंकवादी हमला तीब्र भएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]