मोदी कायर र मनोरोगी : केजरीवाल

२०७२ मंसिर २९ गते, मंगलवार

काठमाडौं । भारतको राजधानी दिल्लीका मूख्यमन्त्री अरविन्द केजरीवालले प्रधानमन्त्री नरेन्द्र मोदीलाई कायर र मनोरोगीको संज्ञा दिँदै कटू आलोचना गरेका छन् । आफ्नो कार्यालयमा केन्द्रीय जाँच ब्यूरो (सीबीआई)ले छापा मारेपछि क्रुद्ध बनेका केजरीवालले प्रधानमन्त्री मोदीलाई यस्तो संज्ञा दिएको बीबीसी हिन्दीले जनाएको हो । आफ्नो कार्यालयमा सीबीआईले छापा मारेको जानकारीसहित ट्वीट गर्दै मूख्यमन्त्री केजरीवालले राजनीतिक रुपमा आफ्नो सामना गर्न नसकेपछि प्रधानमन्त्री मोदीले सीबीआई प्रयोग गर्ने जस्तो हर्कत गरेको आरोप लगाएका हुन् ।
आफ्ना नेताको कार्यालयमा छापा मारेकोमा आक्रोशित आम आदमी पार्टीका प्रवक्ता सौरभ भारद्वाजले हजारौं व्यक्तिको हत्या आरोप लागेका मोदीको कार्यालयमा छापा नमार्ने सीबीआईको यो कारवाही घृणित रहेको टिप्पणी गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]