चीन अमेरिकासँग क्रूद्ध

२०७२ पुष ५ गते, आईतवार

काठमाडौं, ५ पुस । चीनले अमेरिकाले आफूहरुलाई उकास्न खोजेको आरोप लगाएको छ । दक्षिणी चिनियाँ सागरस्थित विवादित द्विपमा अमेरिकी बम बर्षक बिमान तैनाथ गरेपछि क्रूद्ध बनेको चीनले अमेरिकामाथि यस्तो आरोप लगाएको हो ।
अमेरिकी बम बर्षक बिमानले चीनको द्विप नजिकबाट उडान भरेपछि चिनियाँ सैनिकलाई सतर्क अवस्थामा राखिएको छ । अमेरिकी रक्षा मन्त्रालयले भने चिनियाँ भनाइको खण्डन गरेको छ । आफ्ना विमानले नियोजित उडान नगरेको भन्दै अमेरिकाले चिनियाँ आरोप गलत भएको जनाएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]