चीनमा पहिरो , तीस भवन ध्वस्त,६९ जना बेपत्ता

२०७२ पुष ६ गते, सोमबार

काठमाडौं, ६ पुस । चीनको दक्षिण सहर शेनचेनमा पहिरो जाँदाँ ६९ जना बेपत्ता भएका छन् । चिनियाँ अधिकारीहरुका अनुसार एउटा औद्योगिक क्षेत्रमा ३० भन्दा भवन जमिनमा भासिएका छन् । जसमा कम्तीमा दुई उच्च भवन पनि पर्दछ । पहिरोबाट पहिला सयौं नागरिक त्यहाँबाट सुरक्षित स्थानमा पुगेका छन् । बचाइएका नागरिकहरुका अनुसार कयौ नागरिक पहिरोमा पुरिएका छन्।
राहतकर्मीहरुका अनुसार पहिरोमा अझै केही व्यक्ति जीवित हुन सक्ने भएकाले बचाउ अभियान जारी छ। भूस्खलनको कारण भने स्पष्ट भइसकेको छैन ।

प्रतिक्रियाहरु

[anycomment]