जानी राखौ तुलसीको महिमा

२०७२ पुष ७ गते, मंगलवार

काठमाडौँ । तपाई हामीकहाँ घरमा मठ बनाएर तुलसी रोप्ने पुरानो चलन हो । तर, तपाइँलाई थाहा नहुन सक्छ तुलसीको महत्व ठूलो छ । शास्त्रका अनुसार तपाइँको घरमा कुनै पनि नराम्रो घटना हुन लागेको छ भने सबैभन्दा पहिले तपाइँको घरमा रोपिएको तुलसीका पातमा संकेत देखिन्छ । घरमा संकट आउनु अघी तुलसीका पात सुक्न थाल्छन् । पुराणमा उल्लेख भएअनुसार जुन घरमा संकट आउँछ त्यहाँ लक्ष्मीको बास हुँदैन । तुलसी लक्ष्मीकी प्रतिक भएका कारण संकट आउन लागेको घरमा तुलसीका पात सुक्ने शास्त्रको भनाइ छ । ज्योतिष विद्याका अनुसार बुध ग्रहका कारण यस्तो हुने गर्छ । बुध ग्रहको प्रभाव हरियो रंगमा हुन्छ । कुनै पनि विरुवाको रंग हरियो हुनुमा बुधको प्रभाव हुन्छ । बुधले नै संकट आउने संकेत तुलसीसम्म पु¥याउँछ । कुनै ग्रहले कुनै घरमा शुभ फल दिने भए पनि बुधले त्यसको संकेत तुलसीमा पठाउँछ । तुलसीको गमला भान्साको छेउँमा राख्दा घरमा कलह समाप्त हुन्छ भने पूर्वी दिशाको झ्यालको छेउँमा तुलसीको विरुवा रोप्दा पुत्रको स्वभाव सकारात्मक हुने विश्वास छ । कुनै पनि घरमा छोरीको विवाह गर्न ढिला भो भने तुलसीमा जल चढाउने चलन छ । ब्यापर ब्यवसायमा समस्या भएको छ भने घरको दक्षिण(पश्चिम दिशामा तुलसीको विरुवा रोप्नाले ब्यवसायमा सफलता मिल्ने विश्वास छ ।

प्रतिक्रियाहरु

[anycomment]