ब्रसेल्समा नयाँ वर्ष नमनाइने

२०७२ पुष १६ गते, बिहीबार

काठमाडौं, १६ पुस । बेल्जियमको राजधानी ब्रसेल्समा आतंकवादी आक्रमण हुनसक्ने आशंकामा नयाँ वर्षका अवसरमा हुने सबै समारोह रद्द गरिएको छ ।
बेल्जियमका प्रधानमन्त्री चाल्र्स मिसेलले ब्रसेल्समा आतंकवादी आक्रमण हुनसक्ने आशंकामा नयाँ वर्षको स्वागतमा हुने आतिसवादी र कार्यक्रम नगर्ने निर्णय भएको बताए । गत मंगलबार बेल्जियमको प्रहरीले नयाँ वर्षको स्वागत समारोहमा आक्रमणको योजना बनाएको आरोपमा दुई जना संदिग्धलाई नियन्त्रणमा लिएको थियो । गत नोभेम्बरमा फ्रान्सको पेरिसमा भएको आतंककारी आक्रमणपछि बेल्जियममा पनि सुरक्षा सतर्कता बढाइएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]