भारतमा आतंककारीद्वारा भिषण आक्रमण
काठमाडौ, १८ पुस । भारतको पञ्जवको पठानकोटस्थित एयरफोर्स शिविरमा भिषण आतंकवादी आक्रमण भएको छ। प्रारम्भिक जानकारीअनुसार सुरक्षाकर्मीले दुई जना आतंककारी मारेका छन् । घटनामा दुई जना सुरक्षाकर्मीसमेत मारिएका छन् । सुरक्षा बल र आतंककारीबीच भिडन्त जारी रहेको भारतीय संचार माध्यमले जनाएका छन् ।
सुरक्षा निकायका अनुसार आतंकारीले तीनतिरबाट घेरा हालेर आक्रमण सुरु गरेका थिए । उक्त क्षेत्रमा हेलिकोप्टरबाट समेत निगरानी बढाइएको भारतीय सुरक्षा बलले जनाएको छ। प्रहरीले उक्त क्षेत्रलाई पूर्णरुपमा नाकाबन्दी गरेको छ। सेनाका कमाण्डोले स्थिति नियन्त्रणमा लिने कोशिस गरिरहेको बताइएको छ। आतंककारी आक्रमण राति एक बजेबाट सुरु भएको हो ।
स्थानीय संचार माध्यमका अनुसार आक्रमणकारीहरु भारतीय सेनाको पोशाकमा आएका थिए । उनीहरुले एक अधिकरीको कार प्रयोग गरेका थिए ।
घटनापछि सुरक्षाबलले पूर्ण क्षेत्र घेरामा लिएको छ भने जबमु –पठानकोट हाइवेमा गसती बढेको छ। सुरक्षाबलले पञ्जाव र जम्मु काश्मिरमा समेत रेड अलर्ट जारी गरेको छ । – एजेन्सी