‘ साझा प्रकाशनमा रहेका विकृति विसङ्गतिको अन्त्य गर ‘

२०७२ पुष १९ गते, आईतवार

काठमाडौं, १९ पुस । नेकपा माओवादीनिकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घले साझा प्रकाशन सहकारी संस्था लिमिटेडमा ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र साझा प्रकाशनका अध्यक्ष तथा महाप्रवन्धक डोलीन्द्रप्रसाद शर्मालाई हस्तान्तरण गरिएको छ । महासङ्घले साझा प्रकाशनमा रहेका विकृति विसङ्गतिको अन्त्य गर्न माग गरेको छ । १७ बुँदे मागपत्रमा महासङ्घले साझा प्रकाशनको गतिशील प्रवाहका लागि सरकारलाई आवश्यक दबाब दिन अभियान सञ्चालन गरेको हो । प्रस्तुत गरिएका मागपत्रमाथि यथोचित सम्बोधन नभए सशक्त हस्तक्षेप गर्ने कुरा पनि बताइएको छ । सो मागपत्र अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय कार्यालय सदस्य खेम थपलियाको नेतृत्वमा गएको टोलीले पेश गरेको हो । उक्त टोलीमा महासङ्घका कार्यालय सदस्यद्वय कुशल बोगटी, केन्द्रीय सदस्यद्वय सोनु लामा र वैरागी जेठालगायतको उपस्थिति थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार

उल्लासमय शुभकामना !

२०८२ बैशाख १ गते, सोमबार