गैँडा अनुगमन गर्न सेना खटाइयो

२०७२ पुष १९ गते, आईतवार

काठमाडौं, १९ पुस । बर्दिया राष्ट्रिय निकुञ्जमा गैँडाको नियमित अनुगमन र सुरक्षामा अब नेपाली सेना खटिने भएको छ । गैँडाको सङ्ख्या न्यून रहेको बर्दिया निकुञ्जमा गैँडाको चोरीसिकार नियन्त्रण गरी गैँडाको सङ्ख्या बढाउने उद्देश्यले सेनालाई गैँडाको नियमित अनुगमनमा खटाउन लागिएको हो । बर्दिया निकुञ्जमा पहिचान गरिएका गैँडाको अनुगमनका लागि निकुञ्ज प्रशासनले सेनालाई विशेष गैँडा अनुगमन र सुरक्षा तालिम दिएर अनुगमनमा खटाइएको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले जानकारी दिए ।
हालसम्म निकुञ्जमा गैँडाको अनुगमन निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकसहितको टोलीले गर्दै आएको थियो । निकुञ्ज सुरक्षामा खटिएका नेपाली सेनालाई गैँडा अनुगमनमा खटाइएको यो पहिलो पटक हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु