उत्तर कोरियामा ५.१ रेक्टरको भूकम्प

२०७२ पुष २२ गते, बुधबार

काठमाडौँ, २२ पुस । उत्तर कोरियामा ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । उत्तर कोरियाले परमाणु परीक्षणका लागि प्रयोग गर्ने गरेको क्षेत्रमा ५ दशमलव १ रेक्टर स्केलको कम्पन महसुस भएको चीन र दक्षिण कोरियाका अधिकारीले बताएका छन् । चीन र दक्षिण कोरियाले यो भूकम्प प्राकृतिक नभएर मानव निर्मित भएको आशंका गरेका छ । उनीहरुका अनुसार उत्तर कोरियाले नयाँ परमाणु परीक्षण गरेको र त्यसका कारण ५ दशमलव १ रेक्टर स्केलको धक्का आएको बताएका छन् । यस विषयमा छलफल गर्न दक्षिण कोरियाको मन्त्रिपरिषदको आकश्मिक बैठक पनि बसेको छ ।
उत्तर कोरियाले सन् २००६ देखि अहिलेसम्म जमिन मुनिबाट तीन वटा परमाणु परीक्षण गरेको छ । प्योङयी री क्षेत्रमा उत्तर कोरियाले परमाणु परीक्षण गर्ने गरेको छ । जमिन मुनि १० किलोमिटरको गहिराइमा भूकम्पको धक्का गएको युएस जियोलोजिकल सर्भेले जनाएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]