प्रचण्डले २७ अर्ब भ्रष्टाचार गरेका छन् : श्रेष्ठ
काठमाडौैँ, २२ पुस । एकीकृत माओवादीका पूर्व नेता गंगानारायण श्रेष्ठले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २७ अर्ब भ्रष्टाचार गरेको आरोप लगाएका छन् । माओवादी जनसेनाको सुविधा कटौती गरी उक्त रकम भ्रष्टाचार गरेको आरोप श्रेष्ठले लगाएका हुन । नयाँ शक्ति निर्माण अभियानमा जुटेका उनले सिन्धुलीमा पत्रकारहरुसँग पार्टीभित्रको भ्रष्टाचारको छानबीन गर्न प्रचण्डले नै रोकेको आरोप पनि लगाए । प्रचण्डले एनसेलबाट लिएको २० अर्ब र पूर्व जनसेनाको सात अर्ब रुपैयाँ घोटाला गरेको आरोप श्रेष्ठले लगाएका हुन ।