सुन तोलाको ४९ हजार ८ सय
काठमाडौं , २४ पुस । सुनको भाउ लगातार बढ्न थालेको छ । आज पनि सुन तोलामा एक सय रुपैयाँले बढेर ४९ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साउदी अरेबिया र इरानबिचको विवादका कारण अन्तर्राष्ट्रियस्तरमा सुनको भाउ बढ्दै गएकाले नेपाली बजारमा पनि महंगो भएको हो । आफ्नो लगानी सुरक्षित गर्नका लागि सुनमा लगानी गर्नेको संख्या बढ्नु, अन्तर्राष्ट्रिय बजारमा शेयर मार्केट खस्कनु र अमेरिकामा रोजगारीका अवसर घट्दै जान थालेकाले सुनको भाउ बढ्न थालेको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए ।