सरकारको उपस्थिति खै ? – राजेन्द्र चिमौरिया
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सम्हालेको तीन महिना नाघको छ, प्रधानमन्त्री ओली स्वयम्ले आपूmले चाहे जस्तो काम गर्न नसकेको स्वीकारेर आफ्नो सरकार असफल भएको स्वीकारी सकेका छन् । भारतीय नाकाबन्दीका कारण आफ्नो कार्यकालमा सोचेजस्तो उपलब्धि हासिल गर्न नसकेको उनको जिकिर छ । तर, विडम्वना नाका खोल्नतिर भने उनको खासै चासो दिएको देखिँदैन । परिणामतः नेपाली जनताले न्यूनतम आधारभूत आवश्यकताका लागि कालोबजारीको शरणमा पर्नु परेको छ, सत्ताको चाकडी गर्नु पर्ने स्थिति छ । अन्यथा भोक भोकै ज्यान गुमाउनु पर्ने अबस्थासम्म आइलागेको छ । यो कुरा प्रधानमन्त्री ओलीले वुझेर पनि वुझ पचाईरहेका छन् । झ्वाट्ट हेर्दा प्रधानमन्त्री ओली निकै चतुर राजनीतिक खेलाडी जस्तो देखिए पनि ब्यवहारमा कच्चा रहेछन् भने छताछुल्ल भएको छ । जनताको दैनिकी चौपट भएको छ, गास बास र कपासको अभावमा दैनिक कयौ नागरिकले ज्यान गुमाउनु परेको छ । यस्तो अबस्थामा प्रधानमन्त्री केपी ओली भने मन्त्रालय फुटाएर मन्त्री पद बाँड्न तल्लिन छन् । संविधानले कल्पना गरेकोभन्दा धेरै मन्त्रालय र मन्त्री बनाएर संविधान लागू गर्ने अभिभारामा रहेका उनी आफैँले संविधान विपरितका गतिविधि गरेर नयाँ संविधानको खिल्ली उडाइरहेका रहेका छन् । उनी अहिले देश र जनताको हितभन्दा कसरी हुन्छ, सत्ता टिकाउँ भन्ने खेलमा केद्रित रहेको देखिन्छ । जुन उनको सबैभन्दा ठूलो कमजोरी हो । उनको मनस्थितिमा सबैलार्ई सत्ता दिएर सबै समस्या समाधान हुन्छ भन्ने जुन बुझाइ छ, त्यो सोह्रैआना गलत हो । ओलीको रणनीतिले उनी आपूm पनि डुब्ने र देशलार्ई पनि डुबाउने निश्चित छ । जसको संकेतहरु देखिन थालिसकेको छ ।
प्रधानमन्त्री ओली उखान भन्न माहिर मानिन्छन् तर उनको उखानले देश र जनताको मुक्ति हुँदैन । यो कुरा बुझेर पनि उनी नजरअन्दाज गरिरहेका छन् । उनी जनताको पीरमर्कालार्ई उखान तुक्कसँग जोडेर हासोमा उडाउनमै मस्त देखिन्छन् । प्रधानमन्त्री ओलीले सर्वसाधारण खाना पकाउने ग्याँसको अभावले भोक टार्ने सकसमा परिरहेका बेला हावाबाट बिजुली निकालेर लोडसेडिङ हटाउने हावादारी प्रतिक्रिया दिए । जसले गर्दा उनी सर्वसाधारणको नजरमा गिरेका छन् । भूकम्प र नाकाबन्दीले चरम सास्ती खेपिरहेका सर्वसाधारणलार्ई उनको अभिव्यक्तिहरुले पटक–पटक मर्माहत बनाउने गरेको छ ।
देश संकटमा भएको अवस्थामा नेतृत्व सम्हाल्न पुगेका ओलीलार्ई इतिहास बनाउने र आपूmलार्ई सफल साबित गर्ने पर्याप्त अवसरहरु थिए । तर, उनले सिन्कोसम्म भाँच्ने आँट गर्न सकेका छैनन् । उनले उत्तरतिरका नाका खोल्न तत्परता त देखाएनन् नै चीनसँगको व्यापार–वाणिज्य सन्धिलार्ई पनि बेवास्ता गरिरहेका छन् । राष्ट्रियताको मुद्दा र नारा उचालेर सरकारमा पुगेका ओलीले न राष्ट्रियता सुदृढ हुने काम गरे, न भारतको नाकाबन्दीका कारण छाएको अभावलार्ई नै व्यवस्थापन नै गर्न सके । प्रधानमन्त्री ओली अचेल पर्ख र हेरको रणनीतिमा देखिन्छन् तर उनको यो शैली जनतालार्ई मन परेको छैन । भारतीय नाकाबन्दीले तीन महिना नाघिसक्दासमेत उनले कुनै दीर्घकालिन निर्णय गर्न सकेका छैनन् । विगतमा भारतीय प्रवृत्तिविरुद्ध अभिव्यक्ति दिएर वाहवाही पाएका ओली प्रधानमन्त्री बनेपछि कुर्सी जोगाउनकै लागि भारतको नाकाबन्दीविरुद्ध बोल्न डराएका छन् । चीनसँग इन्धन लगायतका व्यापार सम्झौता गरेर भारतीय एकलौटी व्यापार तोड्न उनी थरथर कामिरहेका छन् । जुन उनको कार्यकालको सबैभन्दा कालो धब्बा बन्ने निश्चित छ ।