मैले दरबार छाडेको हुँ, घरबार छाडेको छैन : ज्ञानेन्द्र
काठमाडौ, २६ पुस । पूर्व राजा ज्ञानेन्द्र शाहले जनताको चाहना र इच्छाअनुसार अघि बढ्ने शाहवंशीय राजाहरुको परम्पराअनुसार आफूले दरबार छाडे पनि घरबार नछाडेको बताएका छन । पुस २७ गते मनाइने पृथ्वी जयन्तीको अवसरमा सन्देश दिँदै पूर्व राजा ज्ञानेन्द्रले शाहवंशीय राजाहरुले जनताको इच्छा, चाहना र भावनाको कदर गर्ने परम्परालाई निरन्तरता दिदै राष्ट्रहित र राष्ट्रवासीको सुख, समृद्धि र आत्मीय सन्टुष्टिका निम्ती जनताको नासो जनतालाई सुम्पेर मैले दरबार छोडेको हुँ । तर सबैले विचार गर्नुपर्ने कुरा हो की मैले नेपाली घरबार छोडेको छैन अनी नेपाल र नेपालीको “आधारको भार” पनि परित्याग गरेको छैनभनेका छन । पूर्व राजा ज्ञानेन्द्रले सन्देशमा अब नेपाली जनताले को कसबाट के कस्तो दायित्व, भुमिका र भरोसा चाहेका छन् खूलस्त हुनु पर्दछ भन्ने पनि समयको माग रहेको उल्लेख गरेका छन ।
ज्ञानेन्द्रको सन्देश जस्ताको तस्तै “नेपाली भएर सोच्ने, सम्झने दिन पूस २७ हो । यही दिन यहाँको पवित्र भुमिमा जन्मीएका हाम्रा बडामहाराजाधिराज पृथ्वीनारायण शाहबाट नै हाम्रो यो आधूनिक राष्ट्रको संरचना र संयोजन भएको हो ।
पृथ्वी जयन्तीको यस ऐतिहासिक क्षणमा सधैं नै हामीलाई मिलीरहने चेतना र प्रेरणाको कूरा ( राष्ट्रिय एकता र सदाशयता नै हो । हिमाल, पहाड र तराईका हामी सवै नेपाली यही फूलवारीमा जति बढी समाहित हून सक्छौ उतीनै हाम्रो गौरवशाली अस्तित्व तथा स्वाभिमानको नेपालीत्व उँचो रहन्छ । यस प्रकारको यूग चेतना हुँदाहुँदै पनि अहिले हामी किन, कून्नि दिग्भ्रमित छौ । सोचनीय कूरा छ ( देश भित्र अहिले विधि व्यवस्था, भुरचना र शासन प्रशासनका कुरालाई लिएर जे जस्ता बखेडा खडा भएका छन् यो कदापी राम्रो कुरा होइन । आपसी सद्भाव खल्बलिएर जनसाधारणको जीवन व्यवहारमा जुन प्रकार आर्थिक संकट, चरम महगीं, अभाव, अनूत्पादन र वाह्य निर्भरताबाट यतिखेर थप मार परिरहेको छ । नेपाली जनताले अहिले सांझ बिहान छाक टार्न र सामान्य रुपले जीवन धान्न पनि धौधौ परिरहेको छ ( त्यो गम्भिर चिन्ताको विषय हो ।
अब नेपाली जनताले को कसबाट के कस्तो दायित्व भुमिका र भरोसा चाहेका छन् खूलस्त हुनू पर्दछ भन्ने पनि समयको माग छ । त्यसैले शाहवंशीय राजाहरुले जनताको इच्छा, चाहना र भावनाको कदर गर्ने परम्परालाई निरन्तरता दिदै राष्ट्रहित र राष्ट्रवासीको सुख, समृद्धि र आत्मीय सन्टुष्टीका निम्ती जनताको नासो जनतालाई सुम्पेर मैले दरबार छोडेको हुँ । तर सबैले विचार गर्नुपर्ने कुरा हो की मैले नेपाली घरबार छोडेको छैन अनी नेपाल र नेपालीको “आधारको भार” पनि परित्याग गरेको छैन ।
जय नेपाल ।”