सबैभन्दा पाका मानिस बस्ने देशहरु
काठमाडौँ । विश्वमा स्वास्थ्य सेवा तथा चिकित्सा विज्ञानमा भैरहेको प्रगतिका कारण मानिसहरुको अकाल मृत्युको दरमा गिरावट आइरहेको छ भने मानिसहरुको औषत आयु बढिरहेको छ । ६०–७० वर्षको औषत आयु केही अपवादलाई छाडेर अब लगभग सबैजसो देशमा सामान्य जस्तै भैसकेको छ । देशहरुको विकाशको स्तर तथा जनताको स्वास्थ्यप्रतिको सजगता लगायतका तत्वहरुले औषत आयुमा प्रभाव पारेका हुन्छन् । हालै द्दद्धठधबििकत।अयm ले विश्वका यस्ता ८ वटा देशको सूचि तयार पारेको छ जहाँ मानिसहरुको औषत आयु सबैभन्दा धेरै रहेको छ । वेबसाइटका अनुसार स्वस्छ पर्यावरण, कम तनाव तथा व्यायाम लगायतका तत्वहरु मानिसको आयु वृद्धिसँग प्रत्यक्ष रुपमा सम्बन्धित रहेका छन् ।
यी हुन् सबैभन्दा पाका मानिस बस्ने विश्वका ८ देशहरु–
१. जापान
जापान विश्वमा सबैभन्दा बढि उमेरका मानिसहरुको घर भनेर पनि चिनिन्छ । विश्वमा सबैभन्दा बुढो उमेरका मानिसको किर्तिमान प्रायः जापानकै नाममा रहेको हुन्छ । जापानीहरुको औषत आयु ८३.१० वर्ष रहेको छ । राम्रो खानपान, सक्रिय जिवनशैली तथा पारिवारिक मूल्य संस्कृतिका कारण जापानीहरु दीर्घजिवी बनेका हुन् ।
२. सिंगापुर
सिंगापुर जनताको औषत आयुको हिसाबले अग्रणी स्थानमा रहेको छ । सिंगापुरेहरुको औषत आयु ८२.१४ वर्ष रहेको छ । कठोर परिश्रम गर्ने, सन्तुलित भोजन लिने तथा पर्याप्त व्यायाम गरेर सक्रिय रहने भएकाले सिंगापुरेहरुको आयु बढेको हो ।
३. फ्रान्स
दक्षिणी युरोपमा धेरै वर्ष बाँच्ने मानिसहरु भएको देशको सूचिमा फ्रान्स स्पेनपछि दोश्रो स्थानमा रहेको छ । यहाँका मानिसहरुकोऔषत आयु ८२.५७ वर्ष रहेको छ । तनामुक्त जिवनशैली तथा खुल्ला हावामा टहल्ने संस्कृतिका कारण फ्रान्सेलीहरु दीर्घजिवी हुन्छन् ।
४. स्पेन
भुमध्यसागरिय संस्कृतियुक्त भोजन तथा पोषणको बाहुल्य रहेको छ स्पेनमा । मानिसहरुको जिवनशैली पनि पर्यावरणमैत्री रहेको छ । यहाँ पारिवारिक सभ्यता तथा मूल्यलाई महत्व दिइन्छ । सोही कारण स्पेनीहरुको औषत आयु माथि छ । स्पेनमा जनताको औषत आयु ८२.३८ वर्ष रहेको छ ।
५. इटाली
इटालियनहरु हँसमुख तथा खुसीका साथ दिन बिताउने प्रकृतिका हुन्छन् । भोजन तथा जलवायुले उनीहरुको स्वास्थ्यमा अझै सकारात्मक प्रभाव पारेको हुन्छ । इटालियन प्रौढहरुको स्वास्थ्य विश्वमै अब्बल मानिन्छ । इटालियनहरुको औषत आयु ८२.९४ वर्ष रहेको छ ।
६. न्युजिल्याण्ड
स्वास्थ्य पूर्वाधारको हिसाबले न्युजिल्याण्ड विश्वमै अब्बल मानिन्छ । शोध अनुसार यहाँका मानिसहरु बाह्य गतिविधिलाई महत्व दिन्छन् । परिवहनका लागि सहरमा साइकललाई प्राथमिकता दिइने भएकाले प्रदुषण र रोगब्याधी पनि कम छ । न्युजिल्याण्डमा मािनसहरुको औषत आयु ८१.१६ वर्ष रहेको छ ।
७. अस्ट्रेलिया
युनिभर्सल हेल्थ केयर सिस्टममा अस्ट्रेलिया अग्रणी स्थानमा रहेको छ । अस्ट्रेलियनहरुको औषत उमेर ८२.१० वर्ष रहेको छ ।
८. एन्डोरा
स्पेनको छिमेकी देश एण्डोरा पनि मानिसहरुको औषत आयुको दृष्टिले अग्रणी स्थानमा रहेको छ । वातावरण, जिवनशैली तथा भोजनले यसमा महत्वपूर्ण भूमिका निभाएको छ । यहाँका मानिसहरुको औषत आयु ८२.५८ वर्ष रहेको छ ।