कक्षा ११ को नतिजा यसै हप्ता आउने
काठमाडौ, २८ पुस। उच्च माध्यमिक शिक्षा परिषदले कक्षा ११ को परीक्षाको नतिजा आगामी दुई दिन भित्रमा सार्वजनिक गर्ने बताएको छ । उच्च शिक्षा माध्यामिक शिक्षा परिषदले पर्सीसम्ममा परीक्षा प्रकाशित गर्ने बताएको हो । परिषदका उपाध्यक्ष तथा परीक्षा समितिका अध्यक्ष चैतन्य शर्माले यो महिनाभित्र प्रकासित हुने जानकारी दिए । आज हुने सम्भावना कम छ, तर कहिले हुने भन्ने अहिले नै भन्न नमिल्ने तर सबै तयारी पुरा भइसकेको उनले बताए । उच्च माध्यमिक शिक्षा परिषद्ले गत असार १ गतेबाट सञ्चालन गरेको कक्षा ११ को परीक्षामा करिब ५ लाख विद्यार्थीहरु सहभागी भएका थिए ।