द्वितीय तारेभिर महोत्सव हुदै
काठमाडौं, २९ पुस । काठमाडौं जिल्लाको उत्तरी भागमा पर्ने शिवपुरी लेकको काखमा रहेको मनोरम थलो तारेभिरमा पर्यटन विकास गर्ने उद्देश्यले माघ १ गते ‘द्वितीय तारेभिर महोत्सव’ हुने भएको छ । स्थानीय जनताको पहलकदमी तथा गोकर्णेश्वर नगरपालिका र जिविसको सहयोगमा हुने सो महोत्सवमा साँस्कृतिक प्रदर्शनी, थरिथरिका नेपाली खाना र खाजा, कृषि उत्पादनको बिक्री तथा निःशुल्क घ्यु चाकु खाने कार्यक्रम छ ।
महोत्सवमा चट्टान आरोहण, लामो पदयात्रा, घरबास, तीर्थाटन आदिको मजा पनि लिन सकिने सांसद रामेश्वर फुयाँलले जानकारी दिए । जोरपाटी– सुन्दरीजल– गोकर्ण र बुढानिलकण्ठ – पञ्चकुमारी मार्ग हुँदै तारेभिर जान सकिन्छ ।