जलविद्युत् कम्पनीको सेयर बाँडफाँड हुँदै

२०७२ पुष २९ गते, बुधबार

काठमाडौ, २९ पुस । जलविद्युत् लगानी तथा विकास कम्पनीको साधारण सेयरको आज बाँडफाँड हुदैछ । कम्पनीको पुँजी वृद्धि गर्ने योजनाअनुसार गत कात्तिक १२ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरिएको थियो । कम्पनीको प्रमुख बिक्री प्रबन्धकमा कोष र सहप्रबन्धकमा एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेड र एनएमबी क्यापिटल रहेका थिए । कम्पनीले दुई लाख कित्ता सेयर नागरिक तहमा वितरण गरेको थियो ।
दुई अर्बका लागि आह्वान गरिएको साधारण सेयरमा ४० अर्बभन्दा बढीको आवेदन परेको थियो । कोषले साधारण सेयरमा आवेदन गर्ने प्रायः सबैलाई न्यूनतम् सेयर प्रदान गर्ने जनाएको छ ।
आज बिहान एक सार्वजनिक समारोहको आयोजना गरेर सेयर बाँडफाँड बारे जानकारी दिइने उपव्यवस्थापक रोशनजङ्ग कार्कीले बताए । कोषका अनुसार ठूला लगानीकर्तालाई ६० प्रतिशत र साना लगानीकर्तालाई ४० प्रतिशतको दरले वितरण गरिनेछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु