छ वटा बैंक एक हुँदै

२०७२ पुष ३० गते, बिहीबार

काठमाडौँ, ३० पुस । नेपाल राष्ट्र बैंकबाट जारी बैंक तथा वित्तीय संस्था एकापसमा गाभ्ने वा गाभिने विनियमावली, २०६८ अनुसार एनसिसी बैंक, कुमारी बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक लि., एपेक्स डेभलपमेन्ट बैंक लि., इन्टरनेसनल डेभलपमेन्ट बैंक र सुप्रिप डेभलपमेन्ट बैंकबीच गाभ्ने/गाभिने सहमति पत्रमा हस्ताक्षर भएको छ । बैंकिङ क्षेत्रमा देखिएको जोखिमलाई प्रभावकारी तवरबाट व्यवस्थापन गर्ने उद्देश्यले छ वटा बैंकबीच एकाकार हुनेबारे बुधबार सहमति पत्रमा हस्ताक्षर भएको हो । गाभ्ने/गाभिने प्रक्रिया २०७३ साल असार मसान्तभित्रमा सम्पन्न गरिने यहाँ बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
२०७२ साल असार मसान्तको वित्तीय विवरणअनुसार छ वटा बैंक तथा विकास बैंकको गाभ्ने/गाभिने प्रक्रिया सम्पन्न भएपश्चात् बन्ने ‘क’ वर्गको बैंकको चुक्ता पुँजी आठ अर्ब २१ करोड, निक्षेप ८१ अर्ब १२ करोड र कर्जा ६४ अर्ब ८८ करोड पुग्ने एनसिसीका कामु प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु