व्यापारी अपहरणमा संलग्न प्रहरी पक्राउ

२०७२ माघ ४ गते, सोमबार

काठमाडौ, ४ माघ । नेपाल प्रहरीका सई रामहरि रिजाल र असई रमेश तिमल्सिना गुन्डा नाइकेसँग मिलेर व्यापारी अपहरण गरी रकम असुलेको अभियोगमा पक्राउ परेका छन्। सामाखुसीका कहलिएका गुन्डा कुलमान श्रेष्ठसँग मिलेर न्युरोड सोलार व्यापारीको अपहरण गरेको अभियोगमा अन्य दुई जनासँगै उनीहरु पक्राउ परेका हुन्। न्युरोडमा रहेको भ्यालुसिटी इक्पेक्सका सञ्चालक राजेश शर्माको अपहरण गरी रकम असुलेको अभियोगमा महानगरीय प्रहरी वृत्त जनसेवाले रिजाल, तिमल्सिना र श्रेष्ठसँगै मुकेश शर्मालाई समेत पक्रेको हो।
रिजालको दरबन्दी आयुक्तको कार्यालयमा रहेपनि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए भने सुरक्षा निर्देशनालयमा दरबन्दी रहेका असई तिमल्सिनालाई प्रहरी प्रधान कार्यालयले सांसद सुरक्षाका लागि संसद सचिवालयमा खटाएको थियो।

प्रतिक्रियाहरु

[anycomment]