कच्चा तेलको मूल्य प्रतिब्यारेल १० डलरमा झर्ने सम्भाबना

२०७२ माघ ८ गते, शुक्रबार

काठमाडौं , ८ माघ । कच्चा तेलको मूल्य घटेर २८ डलर प्रति ब्यारेलभन्दा पनि तल गएको छ। मूल्य घट्ने क्रम अझै रोकिएको छैन । बेंट क्रुडको मूल्य २७.६७ प्रति ब्यारेल पुगेको छ । यो सन् २००३ यताकै सबैभन्दा सस्तो मूल्य हो । उता अमेरिकी क्रुडको मूल्य प्रति ब्यारेल २८.३६ सम्म तल झरेको छ।
अधिकांश विश्लेषकहरुले सन् २०१६ का लागि तेलको मूल्यको अनुमान कम गरेका छन् । मर्गन स्टेनलीका विश्लेषकहरुका अनुसार यदि चीनले आफ्नो मुद्रा अरु अवमूल्यान गरे तेलको मूल्य प्रति ब्यारेल २० डलर आसपाससम्म गिर्न सक्नेछ । रोयल बैंक अफ स्कटल्याण्डका अर्थशास्त्रीका अनुसार तेलको मूल्य १६ डलर प्रतिब्यारेलसम्म तल झर्न सक्छ । यता स्ट्यान्डर्ड चार्टर्डको अनुमान अनुसार तेलको मूल्य प्रतिब्यारेल १० डलरसम्म आउन सक्नेछ ।
तेलको मूल्य ३० डलरभन्दा पनि तल झर्नुको कारण के हुन सक्छ ? कसरी सुधार ल्याउन सकिन्छ ?त्यसो त तेलको मूल्य घट्नुको स्पष्ट कारण आपुर्ति बढी हुनु र माग कम हुनु नै हो ।
चीनको आर्थिक गति कम हुँदा आमरुपमा वस्तुहरुको माग कम भएको छ। यता ओपेक देशमध्ये एक तिहाई उत्पादन गर्ने साउदी अरेवियाले उत्पादन कम गरेर मूल्य बढाउनुको सातो आफ्नो बजार हिस्सा कायम राख्न जुटेको छ।
यहीबेला अमेरिकाले शेल तेल उत्पाद न बढाउनुको अर्थ अब उ तेल आयात कम गर्ने तयारीमा छ भन्ने नै हो । यसबाट अन्तर्राष्ट्रिय मूल्य बजारमा तेलको काम कम हुनेछ ।
यसले गैरअमेरिकी र गैर ओपेक तेल उत्पादकको कठिनाइ बढ्नेछ । उनीहरु विशेषगरी उत्तरी सागरमा कटौतिको सामना गरिरहेका छन् । त्यसैले प्रश्न उठेको छ, के उत्तरी सागरमा ३५ डलर प्रतिब्यारेल तेल उत्पादन व्यवहारिक छ ? बीपी, शेल, टोटल र एक्सान मोबिलजस्ता ठुला कम्पनीले यो स्थितिको सामना गर्नका लागि अर्बौ पाउण्ड लगानीमा कटौति गरेका छन् । जसबाट हजारौको रोजगारी गुमेको छ। चार्ल्स स्नेनलीका मुख्य अर्थशास्त्री जेरेमी बैटस्टोन–कार योभन्दा पनि मूल्यमा गिरावट आउने हो भने ठुला कम्पनीहरुले वास्तवमै ठुलो नोक्सानी बेहोर्नुपर्ने चेतावनी दिन्छन्। उनी भन्छन्–यी ठुला कम्पनीहरुमा पर्ने असरको लक्षण लगानीकर्ताले प्राप्त गर्ने लाभांशमा कटौति हुनेछ, जसबाट उनीहरु अहिलेसम्म बच्दै आएका थिए ।
यसैबीच वुड मैकेन्जीका तेल विश्लेषक एलन गेल्डेर भन्छन्–तुलको मौजुदा मूल्यमा पनि उत्तरी सागरका धेरै तेल उत्पादकलाई साँच्चिकै कठिनाइ हुन थालेको छ। उनी भन्छन्–उत्तरी सागरमा काम गर्ने कसैगरी लागत कम गरेर बचेका छन् । तर, गेल्डेरले अब भविष्यमा लगानीका लागि पैसा नभएको बताए ।
डन्डी विश्वविद्यालयका सेवानिवृत्त प्रोफेसर तथा मध्यपूर्व विशेषज्ञ पाल स्टीभेन्स भन्छन्–तेलको मूल्य सैद्धान्तिक रुपमा २० देखि २५ डलर प्रतिब्यारेलसम्म गिर्न सक्छ । किन ? भन्ने प्रश्नमा सामान्य दृष्टि हुन सक्दछ । तर, उनका अनुसार अधिकांश शेल तेल उत्पादकले वर्तमान तेलको मूल्य झेल्नुपर्नेछ । गेल्डेरलाई यस्तो लाग्दैन कि बढी अमेरिकी तेल उत्पादक ५० डलर प्रतिब्यारेलभन्दा तल उत्पादन गर्न सक्ने छन् । उनी भन्छन–अमेरिकाका केही स्थान छ, जहाँका अपरेटर कम मूल्यमा पनि उत्पादन कायमै राख्न सक्छन्, तर ३० डलर प्रतिब्यारेलभन्दा कममा नाफी हुने छैन । गेल्डेर भन्छन्–ठुलो संख्यामा तेल उत्पादकहरु यो स्तरमा जीवित रहन सक्दैनन् । भेनेजुयला, अल्जेरिया, नाइजेरियामा पनि गम्भीर वित्तीय समस्या उत्पन्न भइरहेको छ, र मूल्य बढ्ने, मानिसरु बेरोजगार हुने भएकाले राजनीतिक असन्तोष पैदा हुन सक्छ ।
प्रोफेसर स्टीभेन्स भन्छन्–संसारमा तेलको आपुर्ति यति धेरै छ कि देशहरुसँग भण्डारण क्षमता नै सकिँदैछ । संसारमा सबैभन्दा बढी भण्डारण क्षमता अमेरिकासँग छ । तर, उसँग पनि अब तेल राख्ने कुनै स्थान बचेको छैन । यो अवस्था अमेरिकाको मात्र छैन । उनी भन्छन्–भण्डारण क्षमताको प्रयोग करिब करिब पूरा भइसकेको छ। मानिसहरु अब ट्याक्टर किन्ने विषयमा सोचिरहेका छन् ताकि भण्डारणका लागि प्रयोग गर्न सकियोस्। तर, यदि आपुर्ति मागभन्दा बढी रह्यो भने उनीहरु एउटै काम गर्न सक्दछन् कि तेल बेचौ. । यसबाट फेरि पनि मुल्य घट्नेछ । गेल्डेरको सोचाई अर्कै छ । उनी भन्छन् कि अमेरिकाको भण्डारण क्षमता पूरा भइसकेको स्पष्ट भइसको छैन । उनी भन्छन–हामी अमेरिकी र युरोपियस्तरका बारेमा जान्दछौ तर भारत र चीन आपुर्तिमा बाधा आउने स्थितिमा तेलको भण्डारण रणनीतिक रुपमा गरिरहेका छन् ।
बैटस्टोन–कार भन्छन्–जबसम्म उत्पादनमा निश्चित कमी गरिँदैन, केही पनि परिवर्तन हुनेवाला छैन । कोटामा सम्भावित कटौतिका लागि हामीले जुनमा हुने ओपेकको आगामी बैठकको प्रतिक्षा गर्नुपर्नेछ । उनी भन्छन्–‘यस्तो त्यो समयमा भइरहेको छ जबकि आर्थिक गतिविधि नै सुस्त भइरहेको छ, जसबाट संकेत पाइन्छ कि माग बढी छैन ।
प्रोफेसउर स्टीभेन्सका अनुसार तेलको मूल्यमा गिरावट आउनुमा सन् १९८२ यता पहिलोपटक तेलको मुक्त व्यापार भइरहनु पनि हो । उनी भन्छन्–यस्तो यसकारण भइरहेको छ किनभने साउदी अरबले दाम कायम राख्नका लागि उत्पादन कम गर्ने निर्णय गरेन । जस्तो कि यसअघि अति आपुर्तिका समयमा गर्दै आएको थियो। करिब चार वर्षअघि अमेरिकाले इरानमाथि तेल निर्यातमा प्रतिबन्ध लगाएको थियो । जसबाट मूल्यमा केही आधार मिल्यो र साउदी अरेवियाले बजारको ठुलो हिस्सामा कब्जा जमायो, जुन छोड्न साउदी तयार छैन ।
वेड मैकेन्जीको एउटा रिपोर्टका अनुसार साउदी अरब इरानलाई स्थान दिनका लागि उत्पादन कम गर्ने छैन । इरान केही सातामा तेल निर्यात सुरु गर्ने तयारीमा छ।
रिपोर्टमा भनिएको छ–साउदी अरब नोभेम्बर २०१४ को ओपेक बैठकबाटै जबसम्म रुस, इरान र इराकजस्ता अन्य तेल उत्पादक आफ्नो तेल उत्पादन घटाउँदैनन् तेलको मूल्य कायम राख्नका लागि आफ्नो उत्पादन घटाउन नसकिने बताउँदै आएको छ। ‘साउदी अरब र इरानबचि बढ्दो तनावले पनि यही पुष्टि गर्दछ कि साउदी अरब इरानलाई बजारमा उसको हिस्सा दिनका लागि उत्पादन कटौति गर्न तयार छैन ।’
प्रोफेसर स्टीभेन्स भन्छन्–मध्यपूर्वमा तनाव निकै बढी छ। मलाई लाग्दैन कि सन् १९१८ मा अटोम साम्राज्यको पतनयता कहिल्यै स्थिति यति खराब भएको थियो । यस्तो अनिश्चिततामा सामान्यतः तेलको मूल्यले तिब्रता लिने गर्दछ । तर नयाँ वर्षमा मूल्य बढ्नुको सट्टा घट्दै गएको छ। गेल्डेर भन्छन्–अधिकांश व्यापारीहरु आशंका गरिरहेका छन् कि साउदी अरब र इरान एकअर्काबीच यस्तो होड गर्ने छन् कि आपुर्ति गम्भीर रुपले प्रभावित हुन सक्दछ ।
यता मागमा कमी आउँदा विशेषगरी चीन र नयाँ बजारमा तेलको मुल्य बढ्ने आशा कमै देखिएको छ।
यसको सिधा अर्थ तेलको मूल्य कम हुनेछ । यद्यपि पेट्रोल पम्पबाट तपाईले पाउने तेलमा यो मूल्य गिरावट पूर्णरुपमा देखिने छैन । किनभने सरकारहरु उत्पादन शुल्कदेखि भ्याटसम्मको विभिन्न प्रकारको करबाट यो व्यवस्था गरिरहेका छन्। स्वभाविक रुपमा जब मानिसहरुले तेलमा बढी पैसा खर्च गर्नुपर्ने छैन तब उनीहरु त्यो पैसा अन्यत्र लगानी गर्नेछन् । त्यसबाट अर्थव्यवस्थाले गति लिने सम्भावना बन्छ ।
यदि पेट्रोलबाट चल्ने कार कम खर्चमा चल्न थाल्यो भने मानिसहरु यसको विकल्प अर्थात इलेक्ट्रोनिक बाहनहरुमा लगानीका विषयमा कम सोच्नेछन् । यसरी दीर्घकालीन रुपमा पेट्रोलको कम मूल्य पर्यावरणका लागि भने हानिकारक रहनेछ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]