ढिला आमाबाबु बन्दा सन्तानको आयु घट्छ
काठमाडौ । हालैको एउटा नयाँ अध्ययनका अनुसार बुढ्यौलीमा विवाह गर्ने र सन्तान जन्माउनेहरुको सन्तानको आयु लामो हुँदैन । किनभने उनीहरुको उमेरको प्रभाव सन्तानको टेलोमेयरमा पर्दछ । अमेरिकाको नर्थ डकोटा युनिभर्सिटीका जीव विज्ञानका सहायक प्रोफेसर ब्रिट हाइडिंगरका अनुसार टेलोमेयर डीएनएको अन्तिम शिरामा पाइन्छ । यसले कोशिकाहरुको उमेर दर्शाउने गर्दछ । यसले कोशिका विभाजनका बेला डीएनएलाई सुरक्षा प्रदान गर्दछ । टेलोमेयर कोशिका प्रतिरुपको अभिन्न अंग हो, जुन व्यक्तिको लामो उमेरसँग सम्बन्धित हुने गर्दछ ।
यो शोधका लागि ३० वर्षसम्म विभिन्न प्रजातिमा अध्ययन गरिएको थियो । विभिन्न प्रजातिहरुमा लामो टेलोमेयरवाला जीवको सन्तानको लामो उमेर देखियो । यसका साथै सन्तानको लामो उमेरमा पिताको उमेरभन्दा आमाको उमेरको प्रभाव बढी पर्ने अध्ययनमा देखिएको छ । – एजेन्सी