बढी मूल्यमा ग्याँस बेच्ने कारवाहीमा पर्ने

२०७२ माघ ११ गते, सोमबार

काठमाडौं, ११ माघ । नेपाल एलपी ग्याँस उद्योग संघले अभावको मौका छोपेर खाना पकाउने एलपी ग्याँसलाई मनपरी मूल्यमा बेच्ने डिलरलाई कारबाही गर्ने जनाएको छ । बजारमा देखिएको एलपी ग्याँसको अभावका बेला ७ दशमलव १ किलोग्राम ग्याँसलाई ७ सय रुपैयाँ लिनुपर्नेमा मनलाग्दी मूल्य लिएर विक्री वितरण गरेको पाइएको भन्दै संघले यस्ता डिलर तथा व्यापारीलाई कारबाही कडा कारबाही गर्ने जनाएको छ ।
संघका उपाध्यक्ष गोकुल भण्डारीले उपभोक्तालाई आधा सिलिण्डर ग्याँसको ७ सय भन्दा बढी मूल्यमा विक्री वितरण भै रहेको जानकारी पाएमा यस्ता डिलरको बारेमा नजिकको प्रहरी वा सम्बन्धित ग्याँस उद्योगमा जानकारी गराउन आग्रह गरे ।
उनले बजारमा देखिएको खाना पकाउने एलपी ग्याँसको अभाव कम गर्नका लागि सरकारको निर्णय अनुसार आधा सिलिण्डर ग्याँस वितरण गरिँदै आएको भन्दै भारतसँग जोडिएको वीरगञ्जलगायत सबै नाकाबाट आपूर्ति सहज हुनेवित्तिकै पुःन भरी सिलिन्डर ग्याँस वितरण गरिने जानकारी दिए । बजारमा अहिले देखिएको मागको केवल २० प्रतिशत मात्रै ग्याँस बजारमा पठाउन सकिएको संघले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ४४.२५ अंकले बढ्यो

२०८२ आश्विन २७ गते, सोमबार

नेप्से ७८.८३ अंकले घट्यो

२०८२ आश्विन २६ गते, आईतवार

श्रीनगर एग्रीटेकको आईपीओ निष्कासन

२०८२ आश्विन २६ गते, आईतवार