झापामा खोप कार्यक्रम स्थगित
काठमाडौं, १४ माघ । झापाको शान्तिनगरमा खोप लगाएका एक नाबालक शिशुको एक साताअघि अत्याधिक रक्त स्राव भएर मृत्यु भएपछि जिल्लामा खोप लगाउने कार्यक्रम स्थगित भएको छ । शान्तिनगर १ बर्नेका दल बहादुर राईका २ महिनाका छोरा सुलभ राईको बीसीजी र डीपीटी खोप लगाएको ३ दिन पछि मृत्युभएको थियो । सो घटना पछि माघ ६ गते जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जिल्लाका सबै खोप तथा स्वस्थ्य केन्द्रलाई अर्को निर्देशन नआउनजेलसम्म खोप लगाउने कार्य रोक्न निर्देशन दिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यलय झापाका प्रमुख चन्द्र देव मेहताले शिशुको मृत्युको कारण यकिन नभएसम्मका लागी जिल्लाभर खोप कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो । गत माघ ५ गते शान्तिनगरको पीलि चौकमा सञ्चालीत खोप केन्द्रमा नियमित खोप अन्तर्गत बीसीजी र डीपीटी खोप लगाएका सुलभलाई तत्कालै अत्यधिक रक्त स्राव भएको थियो ।
रक्त स्रावपछि सुरुमा उपचारका लागि मेची अञ्चल अस्पताल लगिएको र त्यहाँबाट रेफर गरिएपछि विराटनगर लगिएको थियो । उपचारकै क्रममा शिशुको विराटनगरमा मृत्युभएको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ । शिशुको मृत्यु खोपमा समस्या भएर हो या प्राविधिक लापार्वाहिले भन्ने सत्य तथ्य पक्ता लगाउन छानविन शुरु गरिएको प्रमुह मेहताले बताए ।