विश्वका सातौं आश्चर्यमध्यको दोस्रो आश्चर्य चीनको ग्रेट बाल

२०७२ माघ १८ गते, सोमबार

काठमाडौँ । विश्वका सातौ आश्चर्य मध्यको दोस्रो आश्चर्य चिनको पर्खाल ग्रेट बाल । माटो र ढुंगाबाट बनेको एउटा किलानुमा पर्खाल हो, जसलार्ई चीनको विभिन्न शासकहरूद्वारा उत्तरी शत्रुहरूबाट रक्षाको लागि ईसा पूर्व पाँचौँ शताब्दीदेखि सोह्रौँ शताब्दीसम्म बनाईयो । कयों पर्खालहरूको सामूहिक रूपले यस महान पर्खालको पुनर्निर्माण गरिएको छ । ५ औं शताब्दी ईसा पूर्वदेखि १६ औं शताब्दीको मध्यमा बनाइएको रूपमा सन्दर्भित गर्दछ । यसको विशालताको अनुमान यसै कुराबाट लगाउन सकिन्छ कि यस मानव निर्मित ढाँचालार्ई अन्तरिक्षबाट पनि हेर्न मिल्छ । यो बिशाल पर्खाल ६,४०० किलोमीटर (१०,००० ली, चीनी लम्बाई मापन एकाई) क्षेत्रमा फैलिएको छ । यसको विस्तार पूर्वमा शानहाइगुआनदेखि पश्चिममालोप नुरसम्म छ, र यसको कुल लम्बाई लगभग ६७०० किमि (४१६० माइल) रहेको छ । हुनत पुरातत्व सर्वेक्षण विभागको हाल सम्मको सर्वेक्षणअनुसार समग्र महान पर्खाल, आफ्नो सबै शाखाहरूसहित ८८५१.८ किलोमिटरसम्म फैलिएको छ । आफ्नो उत्कर्षमा मिंग वंशको सुरक्षा अभिप्रायले दश लाखभन्दा धेरै मान्छेहरू नियुक्त थिए । अनुमानित छ, कि यस महान् पर्खाल निर्माण परियोजनामा लगभग २० देखि ३० लाख मानिसहरूले आफ्नो जीवन लगाएका थिए । आठौँ शताब्दी ईसापूर्वमा चीनमा राज्यको रक्षा गर्नको लागि पर्खाल बनाउने शुरुवात भयो जुन बेला कुई, यान, र जाहो राज्यहरूले तीर र तलवारहरूको आक्रमणबाट बचनको लागि माटो र ढुंगालार्ई ढाँचामा बनाएको ईटाबाट पर्खालको निर्माण सुरु ग¥यो । ईसादेखि २२१ वर्ष पूर्व चीन कीन साम्राज्यअन्तर्गत आयो । यस साम्राज्यले सबै ससाना राज्यहरूलार्ई संयुक्त गरेर एक बिशाल तथा अखण्ड चीनको रचना ग¥यो । किन साम्राज्यदेखि शासकहरूले पूर्वमा बनाएको विभिन्न पर्खालहरूलार्ई मिलाएर एकै पर्खालमा परिणत ग¥यो जुन की चीनको उत्तरी सीमा बन्यो । पाँचौँ शताब्दीदेखि धेरै पछिसम्म धेरै पर्खालहरू बन्यो, जसलार्ई मिलाएर चीनको पर्खाल भनियो । प्रसिद्ध पर्खालरूमा एउटा २२०–२०६ ईशा पूर्वमा चीनको प्रथम सम्राट किन शी हुआंगले बनाउन लगाएका थिए । त्यस पर्खालको अंशको केही अवशेष मात्रै बचेको थियो । यो मिंग वंशद्वारा बनाएको वर्तमान पर्खालको सुदूर उत्तरमा बनेको थियो । नयाँ चीनको धेरै लामो सीमा आक्रमणकारीहरूको लागि खुलेको थियो । यसैले किन शासकहरूले पर्खाललार्ई चीनको बाँकी सीमाहरूसम्म फैलाउन शुरू गरे । यस कार्यको लागि अथक परिश्रम तथा साधनहरूको आवश्यकता थियो । पर्खाल बनाउने सामग्रीलार्ई सीमाहरूसम्म लैजानु एउटा कठिन कार्य थियो । त्यसैले मजदूरहरूले स्थानीय साधनहरूको उपयोग गर्दै पर्वतहरू नजीक रहेको ढुंगाहरू र मैदानी भाग नजीक माटो र ढुंगाको पर्खालको निर्माण ग¥यो । आज यो पर्खालले विश्वमा चीनको नाम फैलाएको छ, र युनेस्कोद्वारा सन् १९८७ देखि विश्व सम्पदा क्षेत्र घोषित गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]