आज माघ १९, प्रजातान्त्रिक आन्दोलनको कालो दिन
काठमाडौ, १९ माघ । आज माघ १९ गते , २०६१ सालमा तत्कालिन राजा ज्ञानेन्द्र शाहले राज्यका सबै शक्ति आफू केन्द्रित गरेर नागरिकको अधिकार कुण्ठित पारेको दिनको रुपमा आजको दिनलाई कालो दिनको रुपमा लिने गरिन्छ । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई सत्ता च्युत गरेर राजजीतिक अधिकार, प्रेस स्वतन्त्रता तथा मानवअधिकार आफू केन्द्रित गरेपनि शाहको विरुद्धमा झन धेरै समर्थन जुटेको थियो ।
सञ्चार सेवा बन्द गरेर, दलका नेताहरुलाई नजरबन्दमा राखेर, धर्ना जुलुस जस्ता कार्यक्रममा पनि प्रतिवन्ध लगाइएको थियो । पछि नागरिकक र राजनीतिक दलको आन्दोलनले शाहलाई हटाइएपछि संविधानसभाको चुनाव गरेर राजनीतिक दलहरुले अहिले देश सञ्चालन गरिरहेका छन् । दोस्रो संविधानसभाको चुनावपछि अहिले संविधान बनेको छ । तर, संविधान बनेसँगै मधेसीमोर्चामा रहेका दलहरुले असन्तुष्टि जनाएपछि त्यसको कार्यान्वयनमा भने केही जटिलता देखिएका छन् ।