आम सञ्चार नीति पुनरावलोकन गर्न समिति गठन

२०७२ माघ २० गते, बुधबार

काठमाडौं, २० माघ । सरकारले आम सञ्चार नीतिमा पुनरावलोकनका लागि समिति गठन गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले नयाँ सञ्चार नीतिको मस्यौदा बनाउन कानुनविद् काशिराज दाहालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिमा प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की र नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट सदस्य छन् । समितिलाई तीन महिनाभित्र मस्यौदा बुझाउन भनिएको छ ।
बैठकले चीनको सिचुवान प्रान्तमा वाणिज्य दूतावास खोल्नका लागि चीन सरकारलाई औपचारिक आग्रह पनि गरेको छ । बैठकले निजामती र जंगी सेवामा पदस्थापन, सरुवा र बढुवाका निर्णयसमेत गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]