सुनसरी बर्डफ्लुको जोखिममा

२०७२ माघ २२ गते, शुक्रबार

काठमाडौं, २२ माघ । जिल्ला पशुसेवा कार्यालय सुनसरीले सुनसरीका १२ वटा गाविस बर्डफ्लुको उच्च जोखिममा रहेको जनाएको छ । सदरमुकाम इनरुवामा बिहीबार सम्पन्न चोरीपैठारी नियन्त्रण कार्यक्रममा कार्यालय प्रमुख शिवनाथ महतोले सुनसरीका सीमा क्षेत्रसँग जोडिएका १२ वटा गाविसमा बर्डफ्लुको खतरा नरहे पनि सीमा नाकाका कारण १२ गाविस बर्डफ्लुको चपेटामा प्रत्यक्ष पर्न सक्ने भएकाले त्यसतर्फ सचेत रहन आग्रह गरे । खुल्ला सीमा नाकाका कारण भारतीय बजारबाट बिनापरीक्षण भित्रिने कुखुराबाट सङ्क्रमण फैलन सक्ने खतरा रहेको बताउँदै महतोले तत्काल भने जिल्लामा बर्डफ्लुको कुनै खतरा नरहेको प्रस्ट्याए । उनले कुखुराबाट सङ्क्रमण फैलन सक्ने खतरा रहेको कारण सीमा नाकामा निगरानी बढाउन सीमा क्षेत्रका सुरक्षा निकायसँग आग्रह गरे ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार