रक्सौल नाका खुकुलो बन्दै

२०७२ माघ २२ गते, शुक्रबार

काठमाडौं, २२ माघ । नाकाबन्दी र मधेसी मोर्चाको अवरोधका कारण ठप्प रहेको वीरगन्जको रक्सौल नाका केही दिनयता खुकुलो बन्दै गएको छ । नाका सामान्य नभएपनि अवरोधपनि खासै देखिँदैन । अहिले मितेरी पुलमा पुल माथि आन्दोलनकारीको धर्ना, पुल तल कारोबारीको कारोबार चलिरहेको छ ।
यससगै , ठेला र टायर गाडाले भन्सारमा जान सामान्य अवस्था भन्दा ४ गुणासम्म बढी भाडा लिने गरेको वीरगन्जका व्यापारी बताउँछन् । भारतीय रक्सौल कस्टमले मालसामानको जाँचपास सुचारु गरेपछि तुलनात्मक रुपमा आयात बढेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । भन्सारका प्रवक्ता सुशील शर्माले मालसामान आउने क्रम बढेपछि राजश्व असुली पनि वृद्धि भएको बताए । नाकाबन्दी भएका बेला दैनिक ४ लाख रुपैयाँसम्ममा झरेको राजश्व अहिले ५० लाख भन्दा माथि पुगेको प्रवक्ता शर्मा बताउँछन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार